Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

होलीमा विवाद हुँदा छिमेकीलाई चक्कु प्रहार गर्ने पक्राउ

धनुषा। ईलाका प्रहरी कार्यालय ढल्केवरले चक्कु प्रहार गरी छिमेकीलाई घाइते बनाएको अभियोगमा एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मिथिला नगरपालिका-८ कुसुम बिछौना बस्ने २८ वर्षीय प्रमोद कुमार महतो रहेका छन्।

पक्राउ परेका महतोले सोही ठेगानाका २९ वर्षीय रोशन महतोलाई होली खेल्ने विषयमा विवाद हुँदा अचानक चक्कु प्रहार गरी घाइते बनाएका थिए।

गम्भीर घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट बडहरी र ईलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएको प्रहरीले चक्कु प्रहार गर्ने प्रमोदलाई लाई सोमबार दिउँसो पक्राउ गरेको हो ।

घाइते रोशनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भईरहेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077