Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

श्रीमतीलाई जिस्काएको विरोध गर्दा श्रीमानमाथि निर्घात कुटपिट, तीन जना पक्राउ

काठमाडौँ। हिजोआज सामाजिक सञ्जालको प्रयोगले निकै बढेको छ।

मानिसहरुले आफुले गरेका जुनसुकै कार्य पनि इन्टरनेटको पहुँच भयो भने लाइभमार्फत् पोष्ट गर्ने गरेको देखिन्छ।

तर आपराधिक घटनामा समेत सामाजिक सञ्जालको प्रयोग बढ्दा अपराधीलाई पक्राउ गर्न प्रहरीलाई सहज भएको बुझिन्छ।

यसैबीच, हिजो बिहान काठमाडौँको गोंगबुमा श्रीमतीलाई जिस्काएको विरोध गर्दा श्रीमानमाथि निर्घात कुटपिट भएको छ।

उक्त मान्छेलाई सडकमा निर्घात कुट्दै गरेको भिडियो फेसबुकमा लाइभमार्फत् अपलोड भएपछि खटिएको प्रहरी टोलीले कुटपिटमा संलग्न तीन जनालाई आधा घण्टामा पक्रेर अभद्र व्यवहारको अभियोगमा कारबाही अघि बढाएको काठमाडौँ प्रहरी परिसरका एसएसपी अशोक सिंहले बताएका छन्।

तनहुँ घर भएका तर बनस्थली बस्ने वर्ष २२ का भरत गुरुङ, ढुंगेधारा बस्ने वर्ष २५ का सोमबहादुर गुरुङ र धापासी बस्ने वर्ष २५ का दीपेन्द्रकुमार थापाले सुनसरी घर भई गोंगबु बस्ने अमर लिम्बूलाई निर्घात कुट्दै ‘आफ्नो उक्त पौरख’ फेसबुकमा लाइभ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077