Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • प्रधानमन्त्री ओलीको प्रश्न – प्रचण्ड भन्ने मान्छेको सती जानु पर्ने हो ?

    प्रधानमन्त्री ओलीको प्रश्न – प्रचण्ड भन्ने मान्छेको सती जानु पर्ने हो ?

    अनलाइन नेपाल
  • मंगलबार, १७ चैत्र २०७७
  • 2K
    SHARES

    काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्दा पार्टी एकता गर्न नसकेको  बताएका छन्।

    आज रिपोर्टर्स क्लवको २३ औं बार्षिक उत्सवको अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले माओवादी अध्यक्ष प्रचण्ड पार्टी एकताको पुनरावलोकनका लागि सर्वोच्च अदालतमा गएकोबारे बोल्दै यस्तो भनेका हुन्।



    वर्तमान अबस्थामा देश संकटमा पर्न लागेको भन्दै प्रधानमन्त्री ओलीले आफुले सर्वोच्चको आदेश अनुसार पार्टी एकता गर्न प्रचण्डलाई फोन गर्दा उहाँ आफैले एकछिनमा गर्छु भनेर टारेको बताए । ओलीले भने, ‘मैले फोन गरेको थिए, उहाँले भन्नु भयो केन्द्रीय कमिटी बैठक छ। सकिएपछि गर्छु भन्नु भयो, एकछिनपछि त ओलीले भेट्न बोलाएका थिए म गइन भनेर भन्नुभएछ।’



    नेकपा विभाजनपछि भएको कुराहरुलाई स्मरण गर्दै ओलीले प्रचण्डले सुर्य चिन्ह मेरो हो भन्नु बच्चालाई खेलौना खेल्न दिएपछि आफ्नै हो भनेर जिद्दी गरेको जस्तो बताए।

    अदालतले १५ दिन भित्र पुन एकता गर्ने भए आउ भनेको भन्दै अध्यक्ष ओलीले उतिबेला नजाने अनि अहिले यतिबेला समय सकिएपछि रुने कराउने प्रचण्डको अचम्मको शैली रहेको उल्लेख गरे।

    कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रचण्ड भन्ने मान्छेको सती जानु पर्ने हो भन्दै प्रश्न समेत गरेका थिए ।

    प्रधानमन्त्री ओलीले पत्रकारहरुको धर्म र नैतिकतामा पत्रकारिता गर्न आग्रह गर्दै मिसन पत्रकारिताको पछि नलाग्न आग्रह समेत गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार