Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विश्वकप छनोटमा बेल्जियम र नेदरल्याण्ड्स विजयी

एजेन्सी । विश्वकप फुटबलको छनोट खेलमा बेल्जियम र नेदरल्याण्ड्सले विजयी भएका छन् ।

मंगलबार राति भएको खेलमा बेल्जियमले बेलारुसलाई ८–० गोलअन्तरले पराजित गरेको हो । यस्तै नेदरल्याण्ड्सले जिब्राल्टारलाई ७–० गोलअन्तरले हरायो । यस्तै अर्को खेलमा वेल्सले सिज रिपब्लिकलाई १–० गोलले पराजित गरेको छ ।

यस्तै सर्वियाले अजरबैजानलाई २–१ गोलले पराजित गरेको छ भने साईप्रसले स्लोभिनियालाई १–० गोलले हरायो । पोर्चुगलले लक्जम्बर्गलाई ३–१ गोलले पराजित गर्दा टर्की र लाटभियाबीचको खेल ३–३ गोलको बराबरीमा सकियो ।

यस्तै स्लोभाकियाले रसियालाई २–१ गोलले पराजित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077