Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • घाँस काट्न गएका ७ बालिका र किशोरी भारतको बिहारमा फेला

    घाँस काट्न गएका ७ बालिका र किशोरी भारतको बिहारमा फेला

    अनलाइन नेपाल
  • बुधबार, १८ चैत्र २०७७
  • 2.7K
    SHARES

    महोत्तरी । जिल्लाको भंगहा नगरपालिकाबाट घाँस काट्न जाँदा बेपत्ता भएका सात बालिका र किशोरी भारतको बिहारमा फेला परेका छन् ।

    मंगलबार दिउँसो घाँस काट्न गएका उनीहरु आज भारत बिहारको सीतामढीमा फेला परेका हुन् ।



    वेपत्ता भएसँगै प्रहरीले सातै जनाको खोजवीन तिव्र पारेको थियो।



    फेला परेका उनीहरुलाई सीतामढीबाट घर ल्याउन लागिएको भंगहाका मेयर संजिव साहले बताए ।

    अहिले महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्य, मेयर साह सहितको टोली धर्मपुर बस्ती पुगइसकेको छ ।

    ‘उनीहरू भारत बिहारको सीतामढीमा फेला परेका छन् । घर ल्याउन लागिएको छ ‘ मेयर साहले भने ।

    स्थानीय ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सिमा पासवान , १२ वर्षीया रञ्जना पासवान, १३ वर्षीया ज्योती पासवान, १३ वर्षीया रिया पासवान, १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवान दिउँसो घाँस काट्न गएको बेलादेखि बेपत्ता भएका थिए।

    अस्मिता पासवान उच्च मावी भंगहामा कक्षा १२ मा अध्ययनरत छिन् ।

    यस्तै, रिया र ज्योतिकक्षा – ८ मा , सीमा र नगिना कक्षा ७ मा, अर्चना र रंजन कक्षा ५ मा अध्ययनरत रहेको घरपरिवारले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार