Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • भारतमा फेला परेका सात किशोरीलाई नेपाल ल्याइयो

    भारतमा फेला परेका सात किशोरीलाई नेपाल ल्याइयो

    अनलाइन नेपाल
  • बिहिबार, १९ चैत्र २०७७
  • 2.5K
    SHARES

    महोत्तरी । महोत्तरीको भङ्गाहबाट एकसाथ हराएका सात किशोरी र बालिकालाई बुधबार राति नेपाल ल्याइएको छ ।

    भङ्गाह नगरपालिकाका नगरप्रमुख सञ्जिवकुमार साहका अनुसार उनीहरुलाई आज परिवारको जिम्मा लगाइने छ । घटनाको अनुसन्धान गरी दोषी पत्ता लगाउन उनीहरुका परिवारजनले माग गरेका छन् ।



    मंगलवार घरबाट घाँस काट्न गएका भङ्गाहा नगरपालिका ८ धर्मपुराकी ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सिमा पासवान, १२ वर्षीया रञ्जना पासवान, १३ वर्षीया ज्योती पासवान, १३ वर्षीया रिया पासवान, १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवान वेपत्ता भएका थिए ।



    भारतको सीतामढी प्रहरीले बुधबार उनीहरुको उद्धार गरेको हो । सातै जनाले आफूहरु गायिका बन्न भारत गएको बताएका छन् ।

    उनीहरुलाई यसरी फकाएर लैजाने व्यक्तिबारे प्रहरीले अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार