Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

ओली सुध्रिन्छन् भन्ने सानो आशाको त्यान्द्रो बाँकी छ : माधव नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओली पार्टीको र देशको प्रमुख समस्या भएको बताएका छन्।

आज आफू पक्षीय युवा संघ नेपाल केन्द्रीय कार्यालय उद्घाटन गर्दै नेता नेपालले केपी ओली भनेको गुट र समस्याको कारण मात्र हो त्यसको समाधान भएको माधव नेपाल भएको बताएका हुन्।

नेता नेपालले आफू लोकतन्त्रको मूल्य मान्यताका लागि कटिबद्ध रहेको बताउँदै जनताको मुक्तिका लागि आफूहरु निरन्तर लागि पर्ने बताए ।

अध्यक्ष ओलीले आफुलाई पार्टीबाट निलम्बित गरेको भन्दै उनले त्यसको कुनै अर्थ नभएको समेत प्रस्ट्याए।

कार्यक्रममा बोल्दै नेपालले ओलीसँग कुनै पनि हालतमा सम्झौता गर्न नसकिने भन्दै गत फागुन २३ मा सर्वोच्च अदालतले गरेको फैसलालाई उचित नमानेपनि मान्न बाध्य भएको बताए ।

नेकपा एकीकरण भन्दा आगाडीको बिन्दुमा र गत फागुन २८ को अवैधानिक कदमलाई फिर्ता लिएमात्रै ओलीसँग सहकार्यको सानो त्यान्द्रो बाँकी रहेको भन्दै नेपालले  भने, ‘उहाँ सुध्रिनु्हन्छ भने लाग्दैन । तर आशाको सानो त्यान्द्रो भने बाँकी छ ।’ नेपालले भने ।

फरक प्रसंगमा नेपालले आफूहरुकेपी ओलीले खोजेको नयाँ केन्द्रीय कार्यालयमा नजाने र आफ्ना लागि छुट्टै कार्यालय खोज्ने काम भइरहेको बताए ।

नेता नेपालले भने, ‘हाम्रो पनि भवनको खोजी जारी छ । कतै राम्रो ठाउँ पाउनु भए खबर गर्नुहोला, त्यो भन्दा (थापाथलीको) पनि ठूलो र सानदार भवन हामीलाई चाहिन्छ ।’

नेपालले कम्युनिष्ट आन्दोलनलाई नयाँ ढंगले अघि बढाइने भन्दै सबै जिल्लासम्म संगठन विस्तार गर्न निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077