Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्वास्थ्य मन्त्रालयद्वारा अस्पताल र ल्याब तयारी अवस्थामा राख्न निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको जोखिम बढेको र आगामी दिनहरुमा संक्रमितको संख्या बढ्न सक्ने भन्दै उपचारका लागि तयारी अवस्थामा राख्न अस्पतालहरुलाई आग्रह गरेको छ ।

आज बसेको मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टम (आईसीएस) को बैठकले संघीय अस्पताल, प्रादेशिक अस्पताल र आधारभूत अस्पतालमा कोरोना संक्रमितको उपचार व्यवस्थापन गर्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

गौतमका अनुसार कोरोनाका अस्पतालहरुलाई तयारी अवस्थामा रहन मन्त्रालयले निर्देशन दिएको छ ।

त्यस्तै, कोरोना संक्रमण परीक्षण गर्ने निजी र सरकारी गरी सबै ८४ प्रयोगशाला (ल्याब)लाई पनि तयारी अवस्थामा राख्ने निर्णय गरेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।

यसअघि पनि सरकारले कोरोना जोखिम बढेको भन्दै भीडभाड हुने कार्य नगर्न र स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गर्दै आएको छ।

गत चैत ८ गते आइतबार प्रवक्ता गौतमले विज्ञप्ति जारी गरेर पछिल्ला केही हप्तादेखि छिमेकी देश भारतलगायतका देशहरुमा कोभिड–१९ को संक्रमण बढ्दै गएको र यसको असर नेपालमा पनि देखिने भन्दै सतर्कता अपनाउन आग्रह गरेका थिए।

मन्त्रालयले कोरोना संक्रमण बढ्‍न सक्‍ने भएकाले सभा, गोष्ठी, जुलुस, र्‍याली, भेला, जमघट, सेमिनार, बैठक, भीडभाड हुने व्‍यवसायिक कार्यहरु नगर्न आग्रह गर्दै प्रत्येक जिल्ला जिल्लमा निर्देशन दिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077