Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

न्युरोडमा खुकुरी देखाउँदै दिउँसै लुटपाट, चार जना पक्राउ

काठमाडौं । काठमाडौंको प्रमुख व्यापारिक केन्द्र न्युरोडमा दिउँसै लुटपाट भएको छ।

हिजो दिउँसो करिव ३ : ३० बजे न्युरोड खिचापोखरीस्थित 'आईएमई'मा चार जनाले खुकुरी देखाएर लुटपाट गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए।

लुटपाट भएको खबर पाउनसाथ महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दाङ घर भएका २१ वर्षीय तिलक राउत र १८ वर्षीय दिपुन श्रेष्ठ, कालीकोट घर भएका १८ बर्षिय उमेश केसी र ललितपुर बस्ने नविन केसी रहेका छन्।

आरोपीलाई लुटपाट गरेको केही घण्टामै पक्राउ गरिएको काठमाडौंका प्रहरी प्रमुख एसएसपी सिंहले बताए ।

पक्राउ परेसँगै प्रहरीले उनीहरुको साथबाट ५९ हजार ७ सय नगद बरामद भएको छ भने आइएमई संचालकले ६ लाख लुटेको दाबी गरेका छन् । लुटपाट भएको आइएमई हेम मल्ल र गोरख चन्दले संचालन गरेका थिए।

एसएसपी सिंहका अनुसार तिलक राउत नेतृत्वले सो आईएमई लुटेको र १ लाख रुपैयाँ तिलकले दाङ जाने बसमा बुवालाई पठाएको अनुसन्धानमा खुल्न आएको छ।

प्रहरीको प्राम्भिक अनुसन्धानबाट उनीहरु लागु औषध प्रयोगकर्ता हुन् । लुटेको रकमबाट ७५ हजार लागुऔषध किन्न एउटी महिलालाई दिएको समेत खुल्न आएको छ।

यस घटनाको बिषयमा थप अनुसन्धान भइरहेको एसएसपी सिहंले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077