Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

'सेनाले जिम्मा लिएको ट्रयाक फास्ट रद्द, स्वार्थी राजनीतिक चक्रले दोस्रो मेलम्ची नबनोस्'

काठमाडौँ। प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले तराई-मधेस द्रुत मार्ग (फास्ट ट्रयाक) को सुरुङ र पुल निर्माणको खरिद प्रक्रियाको दोस्रो प्याकेज रद्द गर्न निर्देशन दिएको छ ।

नेपाली सेनाले निर्माण गर्दै आइरहेको उक्त ट्रयाकको निर्माणका लागि प्रतिस्पर्धा नभएको भन्दै आवश्यक छलफलपछि मात्र उक्त कार्य अघि बढाईने समितिले जनाएको छ।

यसैबीच, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले उक्त निर्णयको आपत्ति जनाएका छन्।

समितिको निर्णयसँगै सामाजिक सञ्जालमार्फत् अध्यक्ष थापाले उक्त फास्ट ट्रयाकको काम पुन दोस्रो मेलम्ची नहोस् भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ट्याग समेत गरेका छन्।

उनले लेखेका छन्, 'सेनाले जिम्मा लिएकोहॅुदा काठमाडौं-तराई (फास्ट ट्रयाक) समयमै सम्पन्न हुने आशा थियो । तर,राजनीतिक क्षेत्रको किचलो/हस्तक्षेपको कारण निर्माण कार्यमा अवरोध हुने छॅाटकाट देखिएको छ । ५/७ वर्षमा सकिने आयोजना स्वार्थी राजनीतिको चक्रव्युहमा नपरोस् । फास्ट ट्रयाक दोस्रो मेलम्ची नबनोस् ।'

https://twitter.com/KTnepal/status/1377586594417238016

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077