Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • अस्ट्रेलिया पठाई दिन्छु भन्दै लाखौँ ठगी गर्ने पक्राउ

    अस्ट्रेलिया पठाई दिन्छु भन्दै लाखौँ ठगी गर्ने पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १९ चैत्र २०७७
  • 2.5K
    SHARES

    काठमाडौँ। महानगरीय प्रहरी अपराध महाशाखाले अस्ट्रेलिया पठाई दिन्छु भन्दै ठगी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा काठमाडौं जिल्ला तारकेश्वर ८ घर भएका २३ बर्षीय अमित भुसेल रहेका छन् ।



    महाशाखामा परेको उजुरीको आधारमा खटिएको प्रहरी टोलीले भुजेललाई काठमाण्डौंको माछापोखरीबाट पक्राउ गरेको हो।



    पक्राउ परेका भुजेलले शर्ट टर्म भिषामा २-२ वर्ष कामको लागि १०५ दिनभित्रमा पुरै प्रकृया गरी अष्ट्रेलिया पठाईदिन्छु भन्दै प्रतिब्यक्ति ६ लाख लाग्छ भनी जम्मा नौ लाख लिई ठगी गरेको भनि काठमाडौं गोकर्णेश्वर ८ का २१ बर्षीय एरिक न्यौपाने र सोही ठेगाना बस्ने वर्ष २५ को निर्देश खड्काले भुसेलविरुद्द उजुरी गरेका थिए ।

    पक्राउ परेका भुजेललाई थप अनुसन्धान एवं कारबाहीको लागी महानगरीय प्रहरी परिसर काठमाण्डौं पठाईएको महाशाखाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार