Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बिमस्टेक बैठक सम्पन्न, म्यानमारको नरसंहारलाई ठाउँ दिईएन

काठमाडौँ। बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक)को १७औँ मन्त्रीस्तरीय बैठक आज श्रीलंकाको राजधानी कोलम्बोमा सम्पन्न भएको छ।

भर्चुअल बैठकमा सदस्यराष्ट्रका परराष्ट्रमन्त्रीहरू सहभागी भएका थिए भने बैठकको अध्यक्षता श्रीलंकाका परराष्ट्रमन्त्रीले गरेका थिए।

श्रीलंकाले आयोजना गरेको विमस्टेकको भर्चुअल बैठकमा सदस्य राष्ट्रहरु भारत, नेपाल, बंगलादेश, श्रीलंका, म्यान्मार, थाइल्याड र भुटान थिए । तर सबै मुलुकका परराष्ट्रमन्त्रीहरुले पूर्वनिर्धारित विमस्टेकको एजेन्डामाथि नै आफ्ना भनाइहरु राखे ।

नेपालका तर्फबाट भने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए।

नेपालका परराष्ट्रमन्त्री ज्ञवालीले निर्धारित एजेन्डामै विमस्टेकका सदस्य राष्ट्रहरुबीच सहकार्य गर्नेलगायतका धारणा राखे ।

बैठकमा बिमस्टेक कार्ययोजनाको कार्यान्वयनबारे छलफल भएको थियो  ।

बैठकमा म्यानमारमा भइरहेको नरसंहारको विषय अन्य मुलुकले उठाउने अपेक्षा गरिएपनि त्यस विषयमा कुरा कुनै देशले पनि उठाएन। यद्दपि बैठकअघि उक्त देशको बिषयमा अन्य देशहरुले कुरा राख्ने अपेक्षा गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077