Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

विवाहको ६ महिनामा बच्चा, जन्माएपछि हत्या गर्ने आमा पक्राउ

कास्की। जिल्ला प्रहरी कार्यालय कास्कीले आफैले जन्माएको छोराको हत्या गरेको अभियोगमा एक महिलालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बागलुङको ढोरपाटन नगरपालिका–३ घोसाखानी स्थायी घर भई हाल कास्कीको अन्नपूर्ण गाउँपालिका–२ नौडाँडा बस्ने २२ वर्षिया गीता कुँवर रहेकी छिन् ।

कुँवरले ४२ दिनकोआफैले जन्माएको छोराको हत्या गरेको आरोपमा बिहीबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिसपी सुवास हमालका अनुसार उनले छोरोको हत्या गरेको बारेमा कर्तव्य ज्यान सम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीबाट पाँच दिनको म्याथ थप गरेर अनुसन्धान भइरहेको बताए ।

उक्त बच्चा विवाह गरेको ६ महिनामा जन्माएको पाइएको डिएसपी हमालले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077