Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

ओलीलाई भष्मासुर भन्दै बाबुराम लेख्छन् - काँग्रेसको पछिल्लो निर्णय सराहनीय छ

काठमाडौं। जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा मागेर नयाँ सरकार बनाउन अग्रसरता लिने नेपाली काँग्रेसको  निर्णय सराहनीय भएको बताएका छन्।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै नयाँ सरकार बनाउने अग्रसरता लिने निर्णय गरेको थियो।

पूर्वप्रधानमन्त्रीसमेत रहेका डा भट्टराईले अहिलेको मुख्य प्राथमिकता प्रधानमन्त्री ओलीको बिदाई भएको बताएका छन्।

उनले सामाजिक सन्जालमा लेखेका छन्, 'अन्तत" प्रमुख प्रतिपक्षी कांग्रेसको प्रतिपक्षीय धर्म निभाउने संकेत सराहनीय छ।अरू प्रतिपक्षी दलले पनि आफ्नो कर्तव्य नभुलौं। आआफ्ना दलका फरक एजेण्डा हुन्छन् तर ती सबै भन्दामाथि देश,जनता र लोकतन्त्रको आवस्यकतारप्रथमिकता हुन्छ। आजको दिनमा मुख्य प्राथमिकता भष्मासुर ओलीको बिदाइ नै हो है!' ।

पहिला पनि बाबुरामले सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोगै हराए झैं भएको दाबी गरेका थिए ।

https://twitter.com/brb1954/status/1378182641065680904?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1378182641065680904%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fpahilopost.com%2Fcontent%2F20210403102058.html

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077