Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

सरकार परिवर्तनका लागि कांग्रेसले जति प्रयत्न गरे पनि गोल गर्न नसक्ने बिष्णु रिजालको टिप्पणी

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता बिष्णु रिजालले प्रधानमन्त्रीको राजीनामा मान्ने र सरकार गठनका लागि पहल गर्ने नेपाली कांग्रेसको निर्णय पार्टीभित्रको दवाव मत्थर पार्न गरिएको निर्णय मात्र रहेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत् नेता रिजालले अहिले सरकार परिवर्तनका सन्दर्भमा कांग्रेस मुख्य खेलाडी नभएको भन्दै कांग्रेस निर्णय सार्वजनिक खपत बाहेक केही नभएको बताएका हुन्।

आज मध्यान्ह ट्वीटमार्फत् नेता रिजालले लेखेका छन्,  'बल जसपासँग छ र जसपा चाहिं प्रमसँग सघन सम्वादमा छ। त्यसैले कांग्रेसले जति प्रयत्न गरे पनि गोल गर्न सक्दैन । फेरि त्यही प्रश्न आउँछ: माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिन नसक्ने, कांग्रेसले बहुमत जुटाएर अविश्वास प्रस्ताव ल्याउन नसक्ने ! अनि सरकार परिवर्तनको गुञ्जायस कसरी रहन्छ?'

https://twitter.com/bishnurijal1/status/1378240253207539716

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077