Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दुबईबाट काठमाडौँ आएका व्यक्ति विमानस्थलबाटै पक्राउ

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले सुन जस्तो देखिने पहेँलो धातुसहित दुईजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्ला घर भएका विष्णुबहादुर भण्डारी र काभ्रेपलाञ्चोक मण्डन देउपुरका कमल कृष्ण केसी रहेका छन्।

शुक्रबार दिउँसो उनीहरुको साथबाट अवैध रुपमा लुकाई छिपाई ल्याएको सुनजस्तो देखिने पहेलो रंगको धातुको वाला थान-१ र विस्कुट आकारको धातुको टुक्रा थान-४ (अन्दाजी तौल ५१६.७२० ग्राम) विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फको नयाँ पार्किङ एरियाबाट प्रहरीले पक्राउ गरेको हो ।

भण्डारी फ्लाई दुबईको उडानबाट शुक्रबार नेपाल आएका हुन्।

भण्डारीले अबैध रुपमा ल्याएको उक्त धातु केसीलाई दिँदै गर्दा विमानस्थलबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077