Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

'प्रधानमन्त्री ओलीको प्रश्न - बाबुराम भट्टराईको जवाफ' (प्रतिगमन के हो ? यो हो)

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिगमनको परिभाषा दिएका छन्।

शुक्रबार काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देश प्रगतिको दिशामा अगाडि बढिरहेका बेला प्रतिगमन भयो भन्दै स्यालहुइया नमच्चाउन चेतावनी दिँदै ‘ख्याल ठट्टा हो प्रतिगमन भनेको ? प्रतिगमनको परिभाषा नै नबुझेर प्रतिगमन भन्ने ? के हो प्रतिगमन भनेको ? प्रतिगमन भनेर स्याल ह्युइयाँ गर्ने ? भन्दै प्रश्न सोधेका थिए।

यसैबीच, पूर्वप्रधानमन्त्री समेत रहेका डा भट्टराईले सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्री ओलीको प्रतिगमनलाई ६ वटा बुँदामा परिभाषित गरेका छन्।

अध्यक्ष भट्टराईले अहिलेको समयमा प्रतिगमनको परिभाषा यो हो भन्दै प्रधानमन्त्री ओलीलाई जवाफ दिएका हुन्।

यस्तो छ भट्टराईको ट्वीट:

अहिलेको समयमा प्रतिगमनको परिभाषा यो हो-

महोदय,

१.संसद विघटन गर्नु;पुनर्स्थापित संसद चल्न नदिनु

२.संवैधानिक अंग कब्जा गर्नु;राज्यका सबै अंग सेटिॅगमा चलाउनु

३,संघीयता अपांग बनाउनु

४,TRCमधेस/थारू विद्रोहका मुद्दा हल नगर्नु

५.भ्रष्टाचारको पहाड बनाउनु

६.अर्थतन्त्र शुन्य ! इ ! 

https://twitter.com/brb1954/status/1378272560660410372

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077