Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कम्युनिष्टलाई साथ दिने कांग्रेसको निर्णय आत्मघाती छ : कमल थापा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको निर्णय आत्मघाती भएको उल्लेख गरेको छन्।

हिजो प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै काँग्रेसले नयाँ सरकार गठनमा अग्रसरता लिने निर्णय गरेसँगै अध्यक्ष थापाले यस्तो भनेका हुन्।

आज सामाजिक सञ्जालमार्फत् अध्यक्ष थापाले अपवित्र गठबन्धन बनाएर कुशासनको निरन्तता दिने काँग्रेसको चाहना आत्मघाती हुने दाबी गरेका छन्।

त्यस्तै, उनले अहिलेको संकटको निकास नयाँ चुनाव भएको ठोकुवा गर्दै कम्युनिष्टको एक भंगालोसँग अपवित्र गठबन्धन बनाएर अस्थिरता, भ्रष्टाचार र कुशासनको श्रृङ्खलालाई निरन्तरता दिने काँग्रेसको चाहना गलत भएको उल्लेख गरेका छन्।

उनले लेखेका छन्, वर्तमान संकटबाट मुक्ति र प्रजातन्त्र रक्षाको उपयुक्त निकास नयाँ चुनाव हो । कम्युनिष्टको विकल्प बनेर चुनावमा जानुको सट्टा भ्रष्ट कम्युनिष्टको एक भंगालोसंग अपवित्र गठबन्धन बनाएर अस्थिरता, भ्रष्टाचार र कुशासनको श्रृङ्खलालाई निरन्तरता दिने कंग्रेसको पछिल्लो चाहना/निर्णय आत्मघाती हुनेछ।'

https://twitter.com/KTnepal/status/1378159060093046786

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077