Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

बिना एजेन्डा न्याम्सको सिनेट बैठक बस्दै, वीर र ट्रमा सेन्टरमा भष्ट्राचारमा मुछिएका नै हावी

काठमाडौं। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको सिनेट (सभा) भोलि चैत्र २२गते वीर अस्पताल नयाँ सर्जिकल भवनमा बस्ने भएको छ।

प्रतिष्ठान कार्यकारी परिषदको शुक्रवारको परिषद बैठकले सिनेट बैठक २२ गते बस्ने निर्णय गरेको हो ।

परिषद बैठक न्याम्स कार्यलयमै बस्ने गरेको भए पनि कर्मचारी र चिकित्सकहरुले राखेका मागदेखि डराएर न्याम्स पदाधिकारीहरुले कार्यालय बाहिर  बैठक बसि सभा बस्ने निर्णय गरेको स्रोतको भनाइ छ ।

तर, कर्मचारीहरुले आफ्ना माग परिषद बैठकबाट पारित गरि सभामा लैजान दबाब दिएका छन्।

आफ्ना माग सम्वोधनका लागि कर्मचारीले सभा अध्यक्ष तथा स्वास्थ्य मन्त्री एवम प्रतिष्ठानका सहकुलपति , स्वास्थराज्य मन्त्री र स्वास्थ्य सचिवलाई पनि आग्रह गरेका छन् । माग सम्बोधन नगरिए कडा कदम चाल्न बाध्य हुने कर्मचारी युनियनले बताएको छ।

साथै प्रतिष्ठानका कामहरु अधि नबढ्नुमा रेक्टर डा. सुवोध अधिकारी, डिन डा.पियुष दाहाल, ट्रमा सेन्टरका निमित्त मेसु डा. सन्तोष पौडैल ,डा गौरव ढकाल,वीर अस्पतालको खरिद शाखाकी भगवती थपलिया, अरुण महत्तो लगायतका कर्मचारीहरु जिम्मेवार रहेको स्वास्थ्यकर्मी संघले आरोप लगाएको छ ।

कर्मचारीहरु र संघले डा. भुपेन्द्र बस्नेत ,डा. दिपेन्द्र श्रेष्ठ, डा. दिपक दत्त र डा. रूद्र मरासैनी मध्यबाट निर्देशक नियुक्ति हुनुपर्ने माग अगाडि ल्याएको छ ।

संघले विरामीलाई सहज र छिटो छरिटो तथा गुणस्तरिय सेवा दिन आवश्यक पहल गर्नुपर्ने , आइसियु बेड थप गर्नु पर्ने ,समय सापेक्ष ऐन तथा नियमावली संसोधन, अदालतको आदेश कार्यन्वयन गर्दै कर्मचारी वृद्धि बिकास ,ट्रमा सेन्टर वीर अस्पताल मातहत सन्चालन हुनु पर्ने , ट्रमा सेन्टरको क्यान्टिन टेन्डर छानविन, एम्बुलेन्स खरिद छानविनलगायतका मुद्दा उठाएको छ ।

कर्मचारीहरुले वीर र ट्रमा सेन्टरको अनियमितता  छानविन हुनुपर्ने, सर्तकता केन्द्रको सिफारिश अनुसार भष्ट्राचारीलाईकारवाही हुनुपर्ने, तत्काल योग्य र सक्षम निर्देशक नियुक्ति हुनुपर्ने लगायतका माग राखेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077