Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ठमेलमा हातखुट्टा बाँधेर चिनियाँ नागरिकमाथि लुटपाट, चार जना सार्वजनिक

काठमाडौँ। महानगरीय प्रहरी परिसर काठमाडौँले गत चैत १६ गते चिनियाँ नागरिकको डेराबाट लुटपाट गरेको अभियोगमा ४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

पक्राउ पर्नेहरुमा सिन्धुपालचोञ्क जिल्ला घर भइ काठमाडौँको कागेश्वरी मनोहरा ६ को शिवचोकस्थित बस्दै आएका २८ बर्षीय फुलकाजी तामाङ, २४ बर्षीय अमिर तामाङ र काठमाडौँकै गोकर्णेश्वर ३ बस्ने २८ बर्षीय बुद्दि तामाङ र २८ बर्षीय रोशन लामा रहेका छन् ।

उनीहरुले गत चैत १६ गते राती काठमाडौँ महानगरपलिका वडा न २६ ठमेलस्थित चिनियाँ नागरीक युन सियोमेनको कोठामा नकाब (मुकुन्डो) लगाई कोठा भित्र प्रबेश गरी चिनियाँ नागरिकको श्रीमती अञ्जली तामाङ, सालाहरु प्रबेश तामाङ र पासाङ तामाङलाई धारिलो हतियार देखाई नियन्त्रणमा लिएर लुटपाट गरेका थिए।

उनीहरुले चिनियाँ नागरिकलाई हातखुट्टामा टेपले बाँधेर कोठा भित्र रहेको बेडको घर्रा भित्र राखिएको बीस लाख नगदसहित लाखौंका सामानहरु लुटेर फरार भएका थिए।

घटनाको पाँचदिनपछि लेउतेरहरु पक्राउ परेका हुन्।

लुटपश्चात् उनीहरुको खोजीका लागि महानगरीय प्रहरी परिसर काठमाडौ तथा प्रहरी वृत्त लैनचौरको विशेष प्रहरी टोली खटाइएको थियो । महानगरीय प्रहरी परिसर काठमाडौका प्रमुख एसएसपी अशोक सिंहले लुटेरा समुहलाई हिजो र आज गरेर पक्राउ गरी अनुसन्धान थालिएको बताए।

पक्राउ परेका उनीहरुमाथि थप आवश्यक अनुसन्धान जारी रहेको एसएसपी सिंहले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077