Jul 28 2026 | २०८३, श्रावण १२ गते

28 Jul 2026 | मंगलवार, श्रावण १२ गते २०८३

मंगलवार, श्रावण १२ गते २०८३
images
images

बसको प्यासेजमा फेला पर्यो ४३ लाख र नौं सेट तिलहरी !

काठमाडौं। प्रहरीले स्रोत नखुलेको लाखौँ रकम र नौं सेट तिलहरीसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दाङ तुलसीपुर उप-महानगर पालिका वडा नम्बर ५ घर भएका ३७ वर्षीय सन्दीप कौशल रहेका छन्।

शनिवार राति महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले नागढुंगाबाट स्रोत नखुलेको ४३ लाख रुपैयाँ फेला पारेपछि कौशललाई पक्राउ गरेको हो ।

थानकोटको टोलीले दाङ तुलसीपुरबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश नम्बर ३ -०१-००-६ ख ०९१२ नम्बरको यात्रु बाहक बसलाई रोकेर चेकजाँच गर्दा सो रकम फेला परेको प्रहरीले जानकारी दिएको छ।

चेकजाँचको क्रममा बसको यात्रु हिँड्ने प्यासेज (गल्ली) बाटोमा कार्टुनमा टेपले पुरै र्‍यापिङ गरिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी प्रमुख एसएसपी अशोक सिंहले बताए।

फेला परेको कार्टुनभित्र हरियो रङको छड्के तिलहरीको पोते ९ थान र ४३ लाख फेला परेको प्रहरी प्रमुख एसएसपी सिंहले जानकारी दिए।

यस सम्बन्धमा आवश्यक थप अनुसन्धान भइरहेको एसएसपी सिंहले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077