Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

ओलीले विकासका नाममा तमासा मात्रै देखाए : माधव नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालमा अहिले भइरहेका उद्घाटन, शिलान्यासहरु विकास नभएर तमासामात्रै भएको बताएका छन्।

आज काठमाडौमा आफू पक्षीय जिल्ला कमिटीको समानान्तर समिति घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले बालुवाटारमा बसेर प्रधाममन्त्री केपी शर्मा ओलीले विकासका नाममा तमासा देखाइरहेको आरोप लगाए ।

ओलीको कार्यशैली सुधारका लागि धेरै प्रयास गर्दा पनि सफल हुन नसकेको भन्दै अध्यक्ष ओलीलाई कहिले सुधार्न नसकेको नेपालको भनाइ छ।

कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री नेपालले भने, 'बालुवाटारमा बस्यो, स्वीच थिच्यो, सबै ठाउँमा नाम लेखायो, कस्तो रहर हो ? फेरि जताततै फोटो टाँस्ने कस्तो रहर हो ? आफ्नै कोठामा झुण्ड्याए भैगो नि !'

‘ओलीको कार्यशैली र व्यवहार देखेर नेता वामदेव पनि थाकिसक्नुभयो, अब उहाँपनि हामीसँगै आउनुहुन्छ’, नेता नेपालले भने ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077