Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भारतको छत्तीसगढमा माओवादीद्वारा २२ सुरक्षाकर्मीको हत्या

एजेन्सी। भारतमा माओवादीहरुको आक्रमणमा परी कम्तीमा २२ सुरक्षाकर्मीको मृत्यु भएको छ ।

भारतको छत्तीसगढ प्रदेश अन्तर्गत पर्ने विजपुरमा शनिबार घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

'छत्तीसगढको सुक्मा—विजपुरमा नक्सल विद्रोहीहरुको आक्रमणमा परी कम्तीमा २२ सुरक्षाकर्मीको ज्यान गएको छ,' स्थानीय प्रहरी प्रमुख कमलोचन कश्यपले भने । घटनामा परी अरु ३१ जना घाइते पनि भएको उनले जानकारी दिए ।

छत्तीसगढका मुख्यमन्त्री भूपेश बघेलले घटनामा परी घाइते भएकाहरु खतरामुक्त रहेको बताए ।

उनले अरु २१ जना प्रहरी सम्पर्कविहीन रहेको र उनीहरुको खोजी भइरहेको पनि पत्रकारहरुलाई जानकारी दिए ।

केन्द्रीय गृहमन्त्री अमित शाहले फोन गरेर उद्धार तथा खोजीका बारेमा चासो राख्नु भएको पनि मुख्यमन्त्री बघेलले बताए। रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077