Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

कर्णालीमा एमालेका मन्त्रीहरुको भोली सामूहिक राजिनामा, मुख्यमन्त्री शाहीको सरकार धरापमा

सुर्खेत। कर्णाली प्रदेश सरकारमा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका मन्त्रीहरुले भोलि राजिनामा दिने भएका छन् ।

आज नेता माधवकुमार नेपाल पक्षका सांसदसहित बसेको संसदीय दलको बैठकले मन्त्रीहरुलाई राजीनामा दिन निर्देशन दिएसँगै एमालेका मन्त्रीहरुले भोलि राजिनामा दिने भएका हुन्। एमाले संसदीय दलको बैठकमा एमालेका १९ जना सांसद छन् ।

मन्त्रीहरुले राजीनामा दिएसँगै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार धरापमा पर्ने भएको छ ।

मुख्यमन्त्री शाही नेतृत्वको वर्तमान सरकारमा एमालेकातर्फबाट तीन जना मन्त्रीहरु सहभागी छन् । जसमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा छन् ।

यसअघि नै शाहीलाई एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले समर्थन फिर्ता लिइसकेको थियो ।

एमालेको ओली पक्षीय सांसदहरु मात्र सहभागी ४ चैतको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्नुका साथै मन्त्रीहरुलाई फिर्ता बोलाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077