Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

भक्तपुरमा चोरी गर्दा गर्दै समातिएका युवकको कुटपिटपछि मृत्यु, पाँच जना प्रहरीको फन्दामा

भक्तपुर। महानगरीय प्रहरी परिसर भक्तपुरले  कुटपिट गरी हत्या गरेको अभियोगमा ५ जनालाई आइतबार पक्राउ गरेको छ । उनीहरुमाथि काभ्रे कुशादेवी घर बताउने ३० वर्षीय कृष्ण गुरुङ भनिने व्यक्तिलाई कुटपिट गरी हत्या गरेको अभियोग रहेको छ। 

पक्राउ पर्नेहरुमा भक्तपुर चाँगुनारायण नगरपालिका-२ बस्ने ५० वर्षीय टेक बहादुर केसी, सोही ठाउँ बस्ने ३२ वर्षीय नविन कोजु, भक्तपुर नगरपालिका-७ बस्ने ३७ वर्षीय बिनोद लाखा, चाँगुनारायण नगरपालिका-२ बस्ने दोलखा भिमेश्‍वर नगरपालिका-९ घर भएका ३८ वर्षीय कमल खत्री (फुँयाल) र भक्तपुर चाँगुनारायण नगरपालिका-३ बस्ने सुनसरी बर्जु गाउँपालिका-३ घर भएका ३४ वर्षीय सनिस कुमार राय रहेका छन् ।

चाँगुनारायण नगरपालिका-२ बर्खेपाटीमा पानी तान्ने मोटर चोरी गर्दै गरेको अवस्थामा व्यक्ति कुटपिट गरेपछि उनीहरूले प्रहरीलाई चोरी गर्दै गर्दा मानिस समातिएको भन्दै खबर गरेका थिए । महानगरीय प्रहरी प्रभाग व्यासीबाट प्रहरीको टोली घटनास्थल पुग्दा गुरुङ घाइते अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दीपक गिरीले जानकारी दिए ।

घाइते युवकको नाकबाट रगत बगेको र मदिराको गन्ध आइरहेको प्रहरीले जानकारी दिएको छ।

कुटपिटबाट घाइते भएका कृष्ण गुरुङ भनिने व्यक्तिलाई तत्कालै उपचारका लागि भक्तपुर अस्पतालमा पठाईएकोमा उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको डिएसपी  गिरीले बताए। 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077