Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

९ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गर्ने ५० वर्षीय खड्का पक्राउ

मोरङ। प्रहरीले ९ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा आइतबार एकजनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा बेलबारी नगरपालिका-६ सोमबारे बस्ने ५० वर्षीय गोपाल खड्का रहेका छन्।  

खड्काले ती बालिकालाई ललाई फकाई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बाहुनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077