Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • कोरोना संक्रमण

    मास्क नलगाए जरिवाना भन्दै प्रहरीद्वारा सचेतना कार्यक्रम शुरु

    मास्क नलगाए जरिवाना भन्दै प्रहरीद्वारा सचेतना कार्यक्रम शुरु

    अनलाइन नेपाल
  • सोमबार, २३ चैत्र २०७७
  • 4.5K
    SHARES

    काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले काठमाडौंको मुख्य चोकहरुसहित १४ ठाउँमा कोरोनाभाइरस सम्बन्धी सचेतना कार्यक्रम शुरु गरेको छ ।

    कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि गृह मन्त्रालयले सचेतना कार्यक्रम गर्न देशभरका स्थानिय प्रशासनलाई निर्देशन दिएसँगै महानगरीय प्रहरी परिसर काठमाडौंले सचेतना कार्यक्रम शुरु गरेको काठमाडौँ प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए।



    आज प्रहरीले माइकिङ गरेर कोरोनाबाट जोगिन सचेतना अपनाउन आग्रह गर्दै मास्क, सेनिटाईजर र सामजिक दुरी कायम गर्न भनेको छ । चोकमा सचेतनामूलक अडियो पनि बजाएर कोरोना विरुद्ध सचेतना जगाएका छन् ।।



    पहिलो चरणमा सचेतना अभियान शुरु गरेको प्रहरीले दोस्रो चरणमा सार्वजनिक ठाउँमा मास्क नलगाई हिँड्नेलाई जरिवाना समेत गर्ने भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार