Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

यस्तो छ संसदमा प्रचण्डमाथि महेश बस्नेतको व्यंग कविता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका यूवा नेता एवं सांसद महेश बस्नेतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'माथि व्यंग प्रहार गरेका छन्।

आजको प्रतिनिधिसभा बैठकमा बस्नेतले कवितात्मक शैलीमा प्रचण्डमाथि व्यंग्य प्रहार गर्दै संसदमा लिखित कागज वाचन गरे ।

सभामा सम्माननीय सभामुखज्यू भनेर सुरु गरेका बस्नेतले प्रचण्डको नाम पनि कतै उच्चारण भने गरेनन् । तर कविले कविता वाचन गरे जसरी उनले सुनाएको ‘कविता प्रचण्डमाथि लक्षित भएको प्रष्टै देखिन्च्थ्यो।

उनले बाचन गरेको कविता यस्तो छ :

चुनाव अगाडि गठबन्धन बनाएँ

चुनाव जितेपछि एकीकरण गराएँ

सरकार बनाउँदा आधा कार्यकाल मागेँ

कार्यकारी अध्यक्ष पाएपछि भैगो भनेर छाडें

कार्यकारी प्रयोग गरी अध्यक्ष र प्रधानमन्त्रीको राजीनामा मागेँ

संसद विघटन गरेर परिवर्तनको घोषणा गरी निर्वाचनको घोषणा गरेर लोकतन्त्र संकटमा प¥यो भनेर कराएँ

प्रतिगमन भयो भनेर चिच्याएँ

आन्दोलन गराएँ

मिसन मिडिया चलाएँ

वकिल नागरिक समाज उचालेँ।

अदालत गुहारेँ

निर्वाचन आयोग धाएँ

माइतीघर मण्डलामा सूर्यको चिन्ह लगाएँ

सेटिङको हल्ला चलाएँ

संसदीय दलको नेता बनेँ,

अध्यक्ष घोषणा गरें

११ गतेको फैसलाले मख्ख परेँ,

लड्डु खाएँ, अवीर दलेँ

काँग्रेस र जसपाको अफिस धाएँ

नागरिक समाजको डबली धाएँ

२३ गतेको फैसलापछि आफ्नो साइजमा आएँ

विश्वासको मत फिर्ता लिन्छु भन्छु, सक्दिनँ

अविश्वासको प्रस्ताव ल्याउँछु भन्छु, सक्दिनँ

नयाँ गठबन्धन बनाउन खोज्छु, सक्दिनँ

प्रधानमन्त्री बन्नोस् भन्दा कसैले टेर्दैन

अब प्रधानमन्त्रीले विश्वासको मत लिनैपर्छ

नैतिकताका आधारमा राजीनामा दिनैपर्छ

लडाकू प्रकरण नउठाउने र हेग नलैजाने कोही तयार छ भने

प्रधानमन्त्रीको सीट खाली छ,

केपी ओलीका अगाडि मेरो केही लागेन

जसपा मानेन

काँग्रेस जागेन !

धन्यवाद ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077