Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • कोरोनाको दोस्रो लहर जेठ–असारमा उच्च विन्दुमा पुग्न सक्छ : स्वास्थ्यमन्त्री त्रिपाठी

    कोरोनाको दोस्रो लहर जेठ–असारमा उच्च विन्दुमा पुग्न सक्छ : स्वास्थ्यमन्त्री त्रिपाठी

    अनलाइन नेपाल
  • सोमबार, २३ चैत्र २०७७
  • 3.9K
    SHARES

    काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ विरुद्ध स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गर्न सबैमा आग्रह गरेका छन् ।

    आज संसदमा सोधिएका प्रश्नको जवाफ दिँदै मन्त्री त्रिपाठीले नेपालमा अहिले कोरोनाबाट आतंकित हुने अवस्था आइनसकेको तर स्वास्थ्य मापदण्ड भने कडाईका साथ पालना गर्नुपर्ने बताए ।



    दोस्रोपटक लकडाउनमा जानुपूर्व जनस्वास्थ्यका मापदण्ड पालना गर्न समेत आग्रह गर्दै मन्त्री त्रिपाठीले भने ‘अहिले आतंकित हुनुपर्ने अवस्था छैन, सावधान र सतर्क रहौं’



    स्वास्थ्यमन्त्री त्रिपाठीले देशका मुख्य मुख्य  नाकामा एन्टीजेन परीक्षणको लागि हेल्थ डेस्क अनिवार्य व्यवस्था गरिएको जानकारी दिँदै आगामी जेठ–असारमा कोरोनाको दोस्रो लहर उच्च विन्दुमा पुग्न सक्ने भन्दै  सबैलाई सुरक्षित हुन आग्रह गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार