Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

यी सुन्दरी जसले म्यानमारमा सेनाले गरेको अत्याचारको भाषण गरी विश्वकै ध्यान खिचिन

एजेन्सी। यस्तो कमै मात्र देख्न सकिन्छ, जहाँँ महिलाले  सौन्दर्य प्रतियोगितामा भाग लिनुको बयान पत्रिकाको मुख्य समाचार बन्यो ।

तर, जब मिस ग्रान्ड म्यानमार हान लेले पछिल्लो सातामा सेनामा भएको अत्याचारको बारेमा भाषण दिइन , उनको भाषणले सम्पूर्ण विश्वको ध्यान आकर्षित गर्‍यो।

थाईल्याण्डमा मिस ग्रान्ड इन्टरनेसनल २०२० कार्यक्रममा हान लेले भनिन , 'आज म्यानमारमा धेरै मानिसहरू मारिए। कृपया हामीलाई सहयोग गर्नुहोस्। हामीलाई अहिले नै अन्तर्राष्ट्रिय समुदायको सहयोग चाहिन्छ।'

समारोहको झन्डै एक महिना अघि २२ वर्षीय हान लेले सेनाले म्यानमारको सबैभन्दा ठूलो शहर याङगोनको सडकमा सैन्य कुटपिटको बिरूद्ध बिरोध प्रदर्शन गरिरहेकी थिइन्।

म्यानमारमा भइरहेको प्रदर्शनको सबैभन्दा जुन नराम्रो दिन थियो, जब एकै दिनमा सय भन्दा बढी प्रदर्शनकारीहरूको मृत्यु भयो।

हान लेले भन्छिन्, 'थाईल्याण्ड आउनुभन्दा अघि उनी आफैलाई खतरामा पार्ने कुरामा सचेत थिइन र केही समयको लागि उनी देशबाट बाहिर बस्नुपर्‍यो।

उनी भन्छिन्, 'म आफ्नो र आफ्नो परिवारको सुरक्षाको बारेमा चिन्ता गर्छु। मैले सेना र देशको वर्तमान अवस्थाको बारेमा धेरै कुरा भनेकी छु। म्यानमारमा सेनाको बारेमा कुरा गर्ने हदसम्म सबैलाई थाहा छ। मेरा साथीहरूले मलाई  म्यानमार फिर्ता नहुन भने  ।'

हान लेले सँगै विद्रोह पछिको हप्ताहरूमा उनीसँग प्रदर्शनमा सहभागी भएका धेरै विद्यार्थीहरू हाल जेलमा छन्।

राजनीतिक कैदीहरूका लागि सहयोगी संगठनका कार्यकर्ताहरूले  कम्तीमा२ ५ हजार जनालाई सेनाले कुटपिटपछि पक्राउ गरेको छ ।

हान लेले प्रदर्शनमा सहभागी नभएपनि आफ्नो एक जना  साथीको  मृत्यु भएको वताएकी छन् । उनी भन्छिन्, 'उहाँ आन्दोलनमा पनि सामेल हुनुहुन्न। उहाँ कफीको लागि बेलुका एउटा रेस्टुरेन्टमा जानुभयो, तर उनलाई गोली लागेको थियो।' -बिबिसी

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077