Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

जुसमा नशालु पदार्थ मिसावट गरी लुटपाट गर्ने गिरोहका नाइके प्रहरी फन्दामा

काठमाडौं। महानगरीय प्रहरी परिसर काठमाडौंले जुसमा नशालु पदार्थ मिसावट गरी लुटपाट गर्ने गिरोहका नाइकेलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको चौतारा साँगाचौक गढी नगरपालिका वडा नम्बर ६ घर भई हाल भक्तपुर ढुन्चेपाखा हाईट बस्ने ३५ वर्षीय अर्जुन बहादुर केसी रहेका छन्।

केसी जग्गाको काम गर्ने तथा पिसहोम नेपाल सुधार केन्द्र बनेपा पनौतिमा कार्यरत रहेका छन् । उनलाई प्रहरीले सुन्धाराबाट पक्राउ गरेको जनाएको छ ।

काठमाडौं प्रहरीका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार केसीले विगत २ वर्षदेखि काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न ठाँउहरुमा जुसमा नशालु पदार्थ मिसावट गरी अचेत पारेर धनमाल लुटपाट गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077