Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नाइजेरियाको जेलबाट १८ सय भन्दा बढी कैदीहरु भागे

एजेन्सी। बन्दुकधारीहरूको आक्रमणपछि नाइजेरियाको एउटा जेलबाट १,८०० भन्दा बढी कैदीहरू भाग्न सफल भएको अधिकारीहरूले बताएका छन्।

आक्रमणकारिहरू दक्षिण-पूर्वी सहर ओवेरीस्थित जेलको प्रशासनिक भवनमा बिस्फोटकको प्रयोग गरेर भित्र पसेका थिए।

हालसम्म भागेका ६ जना कैदिहरू फर्किएको बताइएको छ।

३५ जनाले भने त्यहाँबाट भाग्न अस्विकार गरेका थिए।

प्रहरीले प्रतिबन्धित पृथक्तावादी समूह द इन्डीजीनीएस पीपल अफ बीयाफ्राले आक्रमण गरेको आरोप लगाएको छ।

तर उक्त समूले आफ्नो सङ्लग्नता अस्विकार गरेको छ।

जेलबाट १,८४४ कैदी फरार भएको अधिकारीहरूले बताएका छन्।

हमला
सोमवार बिहान पीकअप ट्रक र बस चढेर भारि हतियारसहित आएका आक्रमणकारीहरू ओवेरी कस्टोडीयल सेन्टर प्रवेश गरेका थिए।

प्रहरी प्रवक्ताका अनुसार आक्रमणकारीहरुले रकेटबाट फ्याक्न सकिने ग्रेनेड, स्वचालित बन्दुक, बिस्फोटक पदार्थ र राइफल बोकेका थिए।

आक्रमण
राष्ट्रपति मुहम्मदु बुहारीले आक्रमणलाई 'अराजकतावादीहरूले गरेको'आतङ्कवादको कार्य भनेका छन्।

उनले सुरक्षा निकायहरूलाई आक्रमणकारी र भाग्न सफल कैदीहरूलाई पक्रन निर्देशन दिएका छन्।

द इन्डीजीनीएस पीपल अफ बीयाफ्राका एकजना प्रवक्ताले समाचार संस्था एएफपीलाई सोमवारको आक्रमण पछाडी उक्त समूहको हात रहेको विषय 'झुटो' रहेको बताएका छन्।

ज्यानुअरी महिनादेखि दक्षिण-पूर्वी नाइजीरियाका कैयौँ प्रहरी कार्यालय र सवारीसाधनमा आक्रमण गरिएको छ र ठूलो परिमाणमा गोलीगठ्ठा चोरी गरिएको छ। स्रोत : बिबिसी

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077