Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

तस्करहरुको नयाँ टेक्निक, कुकरमा सुन लुकाएर ल्याउने विमानस्थलबाटै पक्राउ

काठमाडौं । हिजो आज तस्करहरुले तस्करकै लागि नयाँ नयाँ तरिका अर्थात् टेक्निक प्रयोग गर्ने गरेको पाइन्छ।

यस्तै घटना मंगलबार राती त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौँमा फेला परेको छ।

दुबईबाट बेपल आएका एक व्यक्तिले प्रेसर  कुकरमा सुन लुकाएर ल्याउदा विमानस्थलबाट पक्राउ परेका छन्।

पक्राउ पर्नेमा धनुषा जिल्लाका प्रकाश महरा रहेको विमानस्थलका प्रहरी वरिष्ठ उपरीक्षक एससपी राजेशनाथ बाँस्तोलाले जानकारी दिए।

महरा दुबईकोबाट नेपाल आएका हुन्। उनले ल्याएको सामानहरूको तौल बढी देखिएपछि जाँच गर्दा बढी देखिएपछि प्रेसर कुकर भित्र सुन राखिएको रहेछ, एससपी बाँस्तोलाले भने।

उनीबाट ९ सय ३४ ग्राम सुन बरामद गरेको बाँस्तोलाले बताए । त्यसमध्ये ८८४ ग्राम सुन उनले कुकरमा हालेका थिए भने ५० ग्रामको बाला थियो।

उनीमाथि थप अनुसन्धान भइरहेको बाँस्तोलाले जानकरी दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077