Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सर्वोच्चद्वारा बिस्केट जात्रा नरोक्न अन्तरिम आदेश

    सर्वोच्चद्वारा बिस्केट जात्रा नरोक्न अन्तरिम आदेश

    अनलाइन नेपाल
  • बुधबार, २५ चैत्र २०७७
  • 2.5K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। सर्वोच्च अदालतले आठ रात नौ दिनसम्म भक्तपुरमा भव्यरूपमा मनाइने ऐतिहासिक एवं सांस्कृतिक पर्व बिस्केट जात्रा मनाउन नरोक्न अन्तरिम आदेश जारी गरेको छ।

    यसअघि कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले जात्रा, पर्व मनाउँदा यसको महामारी फैलिनसक्ने भन्दै जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (डिसिसिएमसी)को बैठकले जात्रा पर्व सञ्चालनलाई औपचारिकता एवं पूजामा मात्रै सीमित गर्ने निर्णय गरेको थियो।



    तर सोही निर्देशनविरूद्ध अधिवक्ता राजकुमार सुवालले दिएको रिटमा न्यायाधीश पुरूषोत्वम भण्डारीको एकल इजलासले जात्रा नरोक्न अन्तरिम आदेश जारी गरेको हो।



    बिस्केट जात्रा चैत २८ बाट हुँदैछ।

    भक्तपुरमा मनाइने बिस्केट जात्रा, भैरव, भद्रकालीको रथ तान्ने, लिङ्गो उठाउने, मध्यपुरथिमिको बोडेमा मनाइने जिब्रो छेड्ने, बालकुमारीमा मनाइने सिन्दुर जात्रालगायतका भीडभाड हुने जात्रा पर्व मनाउन रोक लगाएको भन्दै भक्तपुर र मध्यपुरथिमिका बासिन्दाले विरोध गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार