Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • बिस्केट जात्राका अवसरमा टोखामा सार्वजनिक बिदा

    बिस्केट जात्राका अवसरमा टोखामा सार्वजनिक बिदा

    अनलाइन नेपाल
  • सोमबार, ४ बैशाख २०८०
  • 525
    SHARES

    काठमाडौं । बिस्केट जात्राको अवसर पारेर टोखा नगरपालिकाले आज सोमवार सार्वजनिक बिदा दिएको छ ।

    टोखा नगरपालिकाको दशौं कार्यपालिकाको बैठकले हरेक वर्ष मनाइने टोखाको ऐतिहासिक पर्व बिस्केट जात्राको उपलक्ष्यमा सोमवार सार्वजनिक बिदा दिने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले जानकारी दिए ।



    बिस्केट जात्राको उपलक्ष्यमा टोखा नगरपालिकाभित्रका वडा कार्यालय तथा स्वास्थ्य संस्था, विद्यालयहरू बन्द रहने प्रमुख अधिकारीले बताए ।



    काठमाडौं उपत्यकाको सबैभन्दा पुरानो जात्रा मानिने टोखाको बिस्केट जात्राको ऐतिहासिक महत्त्व समेत रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार