Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

देशका अधिकांश स्थानमा बिपुल प्यानलको अग्रता, ललितपुरमा न्यौपानेको प्यानल बिजयी

काठमाडौं । नेपाल पत्रकार महासंघको ललितपुर शाखामा सागर न्यौपानेको प्यानल विजयी भएको छ ।

प्रेस संगठन नेपाल, प्रेस चौतारी नेपाल र माधव नेपाल निकट प्रेस चौतारीको संयुक्त उम्मेदवार बनेका न्यौपानेको प्यानल नै बिजयी भएको हो ।

नेपाल पत्रकार महासंघको २६ औँ महाधिवेशन अन्तर्गत हिजो देशैभर मतदान भएको थियो । अधिकांश स्थानमा विपुल पोखरेल नेतृत्वको प्यानल बिजयी भएका छन् ।

त्यस्तै , पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिमा सरकारनिकट प्यानललाई हराउँदै गठबन्धन प्यानल विजयी बनेको छ । प्रतिष्ठान प्रदेश समितिमा अध्यक्ष बालकृष्ण अधिकारी नेतृत्वको प्यानल विजयी बनेको हो ।

प्यानलबाट उपाध्यक्षमा वीरेन्द्र ओली, महासचिवमा रामकुमार शाही, उपाध्यक्ष महिलामा रुक्मिणी पोखरेल सचिव खुलामा नरेन्द्र मानन्धर, सचिव समावेशीमा पार्वती खड्का र कोषाध्यक्षमा केशवप्रसाद बोहरा विजयी बनेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077