Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

म्यानमार सैन्य 'कू' : लन्डनस्थित दूतावासमा राजदूतलाई प्रवेश निषेध !

एजेन्सी। लन्डनस्थित म्यान्मारका राजदूतले आफूलाई राजदूतावासमा प्रवेश गर्न नदिइएको बताएका छन्।

क्व जो मीनले सैनिक सहचारीले कर्मचारीहरूलाई राजदूतावासबाट निस्किन निर्देशन दिएको र आफूलाई उनले अब देशको प्रतिनिधि नरहेको जानकारी गराएको जनाएका छन्।

समाचारसंस्था रोएटर्ससँग कुरा गर्दै लन्डनस्थित म्यान्मारका राजदूतले आफूलाई राजदूतावास प्रवेश गर्न नदिइएको जानकारी दिएका हुन्।

म्यान्मारमा सेनाले माघ १९ गते देशको शासनसत्ता आफ्नो हातमा लिएको थियो। त्यसपछि त्यहाँ विरोधप्रदर्शनहरू भइरहेका छन्।
क्व जो मीनले सेनाले नियन्त्रणमा लिएको नेत्री आङ सान सू चीको रिहाइको माग गरेका थिए।

म्यान्मारमा प्रजातान्त्रिक नेतृत्वलाई सत्ता हस्तान्तरण गर्न दबाव दिनका लागि आयोजना गरिएका प्रदर्शनहरूमा ५०० जनाभन्दा बढी सर्वसाधारणहरूको ज्यान गइसकेको छ। तीमध्ये दर्जनौँ बालबालिका पनि छन्।

दूतावासमा प्रवेश गर्न रोकिएको घटनालाई मीनले लन्डनकै बीचमा एक प्रकारको कू भएको सङ्ज्ञा दिएको रोएटर्सले जनाएको छ। ती राजदूतले प्रहरीहरूसँग कुरा गरिरहेको एउटा तस्बिरमा देख्न सकिन्छ। स्रोत् : बिबिसी

https://twitter.com/hninyadanazaw/status/1379858444262379522

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077