Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अमेरिकामा एसियाली नागरिकमाथि आक्रमण बढ्दै, एक नेपालीको गोली हानी हत्या

काठमाडौं । पछिल्लो समय अमेरिकामा एसियाली नागरिकमाथि आक्रमणका घटना बढिरहेको पाइएको छ।

यसैबीच अमेरिकी सहर टेक्ससमा एक नेपाली नागरिकको गोली हानी हत्या भएको छ।

हत्या हुनेमा झन्डै ११ वर्षअघि मेक्सिको हुँदै अमेरिका आएका पोखरा सराङकोटका रमेश थापा रहेका छन् ।

अस्टिन प्रहरी विभागका अनुसार मध्यरात त्यहाँको स्थानीय आवसिय क्षेत्रमा थापालाई गोली हानिएको थियो ।

घटनापछि प्रहरीलाई खबर गरेका व्यक्तिका अनुसार मंगलबार राती १२ः३० बजेतिर गोली चलेको थियो।

गोली लागेपश्चात् घाइते भएका रमेशको केही बेरमा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले हत्यारा पत्ता लगाउन अनुसन्धान सुरु भएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077