Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रधानमन्त्रीलाई संसदमा बहस गर्न आउन गगन थापाको निम्तो !

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदमा बहस गर्न चुनौती दिएका छन् ।

आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद थापाले भने, 'सरकार बनेको तीन तीन वर्षसम्म के के कामहरु भए ? लेखाजोखा चाहिन्छ।'

त्यसको लागि आफुहरु बहस गर्न तयार रहेको भन्दै पूर्वमन्त्री थापाले संसदमा प्रधानमन्त्री ओलीलाई निम्तो दिँदै भने ‘तथ्य र तथ्यांकमा टेकेर बहस गर्न म तपाईंलाई संसदमा निम्तो दिन्छु ।’

बैठकमा उनले भने, ‘संसद्लाई छलेर, भागेर होइन, यहीँभित्र आएर छलफल गरौँ,  शिलान्यास, उदघाटन गर्ने रहर हो भने बालुवाटारमा खाली जग्गा छ, त्यहीँ गर्नुहोला भन्दै उद्घाटनको ‘तमासा’ नदेखाउन आग्रह समेत गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077