Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आईपीएलको १४ औँ सिजन आजदेखि शुरु : मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बेंगलोर भिड्दै

एजेन्सी। कोरोना सँक्रमणको दोश्रो लहरले त्रास बढाइरहेको बेला इन्डियन प्रिमियर लिग (आईपीएल) को १४ औँ सिजन आजदेखि शुरु हुँदैछ ।

नेपाली समयअनुसार साँझ ७ः४५ बजे चेन्नईमा आईपीएलको पहिलो खेल मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बेंगलोरबीच हुनेछ ।

मुम्बईको नेतृत्व रोहित शर्माले गर्ने छन् भने बेंगलोरको नेतृत्व विराट कोहलीले गर्ने छन् ।

बेंगलोरले अहिलेसम्म ३ पटक सिजनको पहिलो खेल खेलेपनि तीनै पटक उसले हार ब्यहोरेको छ ।

बेंगलोर सन् २००९, २०११ र २०१६ मा गरी तीनपटक प्रतियोगिताको फाइनलमा पुगेपनि हालसम्म उपाधिविहीन रहँदै आएको छ ।

गत सिजन टोली एलिमिनेटरमा पराजित भएको थियो । यो सिजन टोलीसँग पहिलोपटक उपाधि जित्ने अवसर छ ।

मुम्बईले पछिल्ला दुई सिजन लगातार उपाधि जितेको छ । गत सिजन मुम्बईले दिल्ली क्यापिटल्सलाई हराएको थियो ।

कोहलीले १५ खेलमा ४६६ रन बनाएका थिए भने युवा खेलाडी देवदत्त पडिक्कलले सर्वाधिक ४७३ रन बनाएका थिए ।

कोरोनाका कारण गत वर्ष सेप्टेम्बर-नोभेम्बर महिनामा आईपीएलको तेह्रौं सत्र दुबईमा दर्शकविना खेलाइएको थियो। यो बर्षको आईपीएल तालिका धेरै साबधानीका साथ तयार गरिएको छ ताकि खेलाडीहरू, सहयोगी स्टाफ र अन्य सम्बन्धित व्यक्ति धेरै यात्रा गर्नु पर्दैन।

यस सिजनमा १०-१० खेलहरू मुम्बई, चेन्नई, कोलकाता र बेंगलोरले खेल्ने छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077