Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकाको पार्कभित्र अन्धाधुन्ध गोली प्रहारः एकको मृत्यु, ६ घाइते

एजेन्सी । अमेरिकाको टेक्सासको ब्रायन शहरको एउटा पार्कमा एक व्यक्तिले खुलेआम गोलीबारी गरिदिए । पार्कमा बसेका एक व्यक्तिको मृत्यु भएको छ जबकी अन्य ६ जना घाइते भएका छन् । पार्कमा ठूलो संख्यामा मानिसहरु घुमिरहेका बेला उक्त गोलीबारी गरिएको हो । प्रहरीले आरोपीलाई हिरासतमा लिएको छ । घटनाको कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।

प्रहरीका अनुसार गोलीबारीको यो घटना ब्रायन शहरको इन्डष्ट्रियल पार्कमा भएको हो । स्थानीय समयानुसार घटना बिहिबार दिउँसो साढे दुई बजेको हो । प्रहरीले सबै घाइतेलाई उपचारका लागि अस्पतालमा भर्ना गरेको हो ।

बाइडेनले के भने

अमेरिकामा लगातार भइरहेको गोलीबारीको घटनाको विषयमा राष्ट्रपति जो बाइडेन पनि चिन्तित छन् । उनी यसमाथि लगाम लगाउने कोसिसमा जुटिरहेका छन् । बाइडेनले देशमा बन्दुकमार्फत् भइरहेको हिंसालाई महामारीको संज्ञा दिएका छन् । यसलाई रोक्नका लागि हर सम्भव कदम उठाइने उनले जानकारी दिए ।

एक हप्ता अघि पनि भएको थियो गोलीबारीः

अघिल्लो हप्ता अर्थात्  ३ अप्रिलमा वासिङ्टन डीसीमा भएको गोलीबारीका कारण लकडाउन लगाइएको थियो । यो घटनाका बेला अमेरिकी संसद क्यापिटल हिल इलाकामा दुई प्रहरी अधिकारीको एउटा गाडीलाई ठक्कर पनि दिएको थियो जसमा एक प्रहरी अधिकारीको मृत्यु भएको थियो । कारको ठक्करपछि क्यापिटल कम्प्लेक्सको ब्यारिकेडमा प्रहरीले गोली पनि चलाएको थियो जसमा एक संदिग्धको पनि मृत्यु भएको थियो । अमेरिकी सरकारको रिपोर्ट अनुसार यस वर्ष हालसम्म ४५५ मानिसहरु गोलीबारीमा मारिइसकेका छन् । बिसिसीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077