Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • फेरि पनि विद्यालय तथा रेष्टुरेन्टहरु बन्द हुने, स्वास्थ्य मन्त्रालयद्वारा सिफारिस

    फेरि पनि विद्यालय तथा रेष्टुरेन्टहरु बन्द हुने, स्वास्थ्य मन्त्रालयद्वारा सिफारिस

    अनलाइन नेपाल
  • शुक्रबार, २७ चैत्र २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय, रेष्टुरेन्ट, पार्टी प्यालेस तथा भीडभाड हुने सबै क्षेत्र बन्द गर्न सिफारिस गरेसँगै नेपालमा फेरि पनि विद्यालय बन्द हुने भएको छ ।

    मन्त्रालयले पछिल्लो समय भारतमा संक्रमणको दोस्रो लहर तीव्ररूपमा फैलिएपछि नेपालमा पनि संक्रमणको दोस्रो लहरको संकेत देखिन थालेको भन्दै कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) भिडभाड हुने सबै क्षेत्र बन्द गर्न सिफारिस गरेको हो ।



    स्कुले बालबालिकाहरूमा पनि कोरोना भाइरसका नयाँ भेरिएन्ट देखिएको भन्दै मन्त्रालयले पनि विद्यालयलगायत भीडभाड हुने सबै क्षेत्र बन्द गर्न सिफारिस गरेको हो ।



    स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीका अनुसार भिडभाड हुने रेष्टुरेन्ट, सिनेमा हल, पार्टी प्यालेस र विद्यालय लगायतका क्षेत्र बन्द गर्न मन्त्रालयले सिफारिस गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार