Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • काठमाडौंका १०९ सहित उपत्यकामा थपिए १३८ नयाँ काेराेना संक्रमित

    काठमाडौंका १०९ सहित उपत्यकामा थपिए १३८ नयाँ काेराेना संक्रमित

    अनलाइन नेपाल
  • बुधबार, २८ साउन २०७७
  • 3.3K
    SHARES

    काठमाडाैं । काठमाडौं उपत्यकामा आज थप १३८ जनालाइ काेराेना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. गौतमले विभिन्न प्रयोगशालामा भएको परिक्षणमा काठमाडौं उपत्यकामा थप १३८ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए ।

    बुधबार थपिएका संक्रमितमा काठमाडौंका १०९ जना, ललितपुरका २१ जना र भक्तपुरका ८ जना रहेका प्रवक्ता गौतमले जानकारी दिए ।



    यस्तै नेपालमा बुधबार थप ४८४ जना संक्रमित थपिएका छन् । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २४ हजार ४३२ पुगेको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ७ हजार ६१३ रहेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार