Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • काठमाडौं उपत्यकामा थपिए १४५ कोरोना संक्रमित

    काठमाडौं उपत्यकामा थपिए १४५ कोरोना संक्रमित

    अनलाइन नेपाल
  • बुधबार, १४ माघ २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । बुधबार काठमाडौं उपत्यकामा थप १४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १२२, भक्तपुरमा ९ र ललितपुरमा १४ जना संक्रमित थपिएका हुन्।

    हाल देशभर १३९ जना कोरोना संक्रमितको आईसीयुमा र २३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। यस्तै नेपालमा आज थप २८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।



    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७० हजार ३७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    यस्तै बितेको २४ घण्टामा २४६ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ६५ हजार ६९ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार