Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • काठमाडौं उपत्यकामा थपिए १८५ काेराेना संक्रमित

    काठमाडौं उपत्यकामा थपिए १८५ काेराेना संक्रमित

    अनलाइन नेपाल
  • सोमबार, २० पुष २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकामा थप १८५ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ।

    संक्रमित हुनेमा ८२ महिला र १०३ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै पछिल्लो २४ घण्टामा उपत्यकाकासहित देशभर थप ४०४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको मन्त्रालयले जनाएकाे छ।



    संक्रमित हुनेमा १५९ महिला र २४४ पुरुष छन्। यो सँगै नयाँ थपिएकासहित कोरोना संक्रमितको संख्या २ लाख ६२ हजार २६२ पुगेको छ। यस्तै २४ घन्टामा थप ४ हजार ४०१ स्वाब नमूना परीक्षण गर्दा ४०४ जनामा संक्रमण देखिएको पनि मन्त्रालयले जानकारी दिएकाे छ।



    यस्तै सोमबार ५९४ जना डिस्चार्ज भएका छन्। योसहित हालसम्म कोरोना जित्नेको संख्या २ लाख  ५५ हजार ८८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    मन्त्रालयका अनुसार निको हुनेको दर ९७.३ प्रतिशत हो। देशभर सक्रिय संक्रमितको संख्या भने ५ हजार २८९ रहेको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १८ सय ८५  पुगेको मन्त्रालयले जनाएको छ। सोमबार कोरोनाबाट थप ७ जनाको मृत्यु भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार