Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • आज बैशाख १५ गते शनिवार, यस्तो छ तपाईंको राशिफल

    आज बैशाख १५ गते शनिवार, यस्तो छ तपाईंको राशिफल

    अनलाइन नेपाल
  • शनिबार, १५ बैशाख २०८१
  • 2.8K
    SHARES

    काठमाडौं । आज २०८१ साल बैशाख १५ गते शनिवारको राशिफल ।

    मेष



    आज अनावश्यक यात्रा हुनसक्छ । पारिवारिक झमेला रहला । राजनैतिक कार्यमा व्यवधान आउनेछ, तर बन्धु बान्धवबाट भने सहयोग मिल्नेछ ।



    मिथुन

    विद्या र बुद्धिको विकास हुनेछ । नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कार्यसिद्धि हुने अवसर मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

    सिंह

    प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ । मालसामान हराउन सक्छ । हेलचेक्र्याइँले काममा उल्टो परिणाम दिन सक्छ, सचेत रहनुहोला ।

    तुला

    छोटो दुरीको लाभदायक यात्रा रहला । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । धनार्जन हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

    धनु

    आज कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा बढी सतर्कता अपनाउनुहोला । आर्थिक क्षेत्रमा पनि सङ्कट पनि आउन सक्छ ।

    कुम्भ

    आज आफन्तको प्रगतिमा मन रमाउनेछ । विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । आर्थिक क्षेत्रमा सोचेजस्तै लाभ लिन सक्छ ।

    बृष

    महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । पठनपाठनमा प्रगति हुनेछ । रमणीय र सुखद् यात्राको योग छ ।

    कर्कट

    नसोचेको ठाउँबाट धन हात पर्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । अग्रजहरूको अनुभव अनुसार अवसर पहिल्याउन सकिनेछ ।

    कन्या

    घरमा अतिथिको आगमन हुनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । लाभदायक यात्रा रहनेछ । नयाँ कार्यको थालनी होला ।

    बृश्चिक

    आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । व्यापार व्यवसायबाट लाभ मिल्नेछ ।

    मकर

    मित्र वा आफन्तको सहयोग मिल्नेछ । मिष्ठान्न भोजन प्राप्ति होला । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । बौद्धिकताको विकास हुनेछ ।

    मीन

    कुनै कुराले मनमा शान्ति छाउनेछ । आफन्तसँग रमाइलो भेटघाट हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला । प्रेममा मधुरता पनि छाउनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार