Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • उपनिर्वाचन : इलाम–२ र बझाङ–१ ‘क’मा आज मतदान

    उपनिर्वाचन : इलाम–२ र बझाङ–१ ‘क’मा आज मतदान

    अनलाइन नेपाल
  • शनिबार, १५ बैशाख २०८१
  • 228
    SHARES

    फाइल तस्विर

    काठमाडौं । इलाम-२ र बझाङ-१ ‘क’ मा आज उपनिर्वाचन हुँदैछ ।

    रिक्त एक प्रतिनिधि सभा र एक प्रदेश सभा सदस्यको पदपूर्तिका लागि दुई निर्वाचन क्षेत्रमा आज मतदान हुन लागेको हो ।



    बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको निर्वाचन आयोगले जनाएको छ ।



    आयोगले निर्धक्क भएर मतदानमा भाग लिन अपिल पनि गरेको छ ।

    आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र, सवारी चालक अनुमतिपत्रमध्ये कुनै एकको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार