Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • काठमाडौंका ९० सहित उपत्यकामा थपिए ९२ जना काेराेना संक्रमित

    काठमाडौंका ९० सहित उपत्यकामा थपिए ९२ जना काेराेना संक्रमित

    अनलाइन नेपाल
  • आइतबार, २५ साउन २०७७
  • 2.8K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकामा आज ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार काठमाडौंमा ९० जना र ललितपुरमा २ जनालाइ काेराेना संक्रमण पुष्टि देखिएका छ।

    याेसँगै काठमाडाैं उपत्यकामा कोरोना संक्रमितको संख्या ११३६ पुगेको मन्त्रालयले जनाएकाे छ । नियमित प्रेस ब्रिफिङ मार्फत मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले दिएको जानकारी अनुसार काठमाडौंमा मात्रै कोरोना संक्रमितको संख्या ९१० पुगेको छ भने ललितपुरमा १३९ जना पुगेको छ। भक्तपुरमा हालसम्म ८५ जनामा कोरोना संक्रमित रहेका छन्।



    भेटिएका संक्रमितहरू राष्ट्रिय प्रयोगशाला टेकु, शुक्रराज ट्रपिकल टेकु, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, स्टार अस्पताल ललितपुर, शिक्षण अस्ताल महाराजगञ्ज, पाटन अस्पताल र कोरिया नेपाल मैत्री अस्पताल भक्तपुरमा भेटिएका हुन्। लकडाउन खुकुलो भएसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेको छ।



    सरकारले कोरोना संक्रमित बढ्न थालेपछि उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गरेको छ । साँझ ७ बजेदेखि बिहान ७ बजेसम्मको आवागमनलाई बन्द गराएको छ। गत बिहीबार बिहानदेखि लागू हुनेगरी सवारी साधनमा जोर बिजोर र राति ९ बजेदेखि बिहान ५ बजेसम्म आवागमन समेत बन्द गरेको छ। त्यस्तै आजदेखि लागू हुनेगरी उपत्यकाका तीनै जिल्लामा अत्यावश्यक बाहेकका सबै सेवाहरू बन्द गरिएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार