Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • काठमाडाैं उपत्यकामा थपिए १२७ जना काेराेना संक्रमित

    काठमाडाैं उपत्यकामा थपिए १२७ जना काेराेना संक्रमित

    अनलाइन नेपाल
  • बिहिबार, २९ साउन २०७७
  • 4.8K
    SHARES

    काठमाडाैं । पछिल्लाे २४ घण्टामा काठमाडाैं उपत्यकामा थप १२७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । पछिल्लाे २४ घण्टामा देशभर थप ५२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा काठमाडाैं उपत्यकाभित्र १२७ जनामा संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

    नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमले दिएकाे जानकारी अनुसार उपत्यकामा थपिएका संक्रमितमा काठमाडौंका १११, ललितपुरका ११ र भक्तपुरका ५ जना छन् ।



    देशभर कुल संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ । पछिल्लो अध्यावधिक विवरणअनुसार १०९ जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या १६ हजार ८३७ जना पुगेको मन्त्रालयले जनाएकाे छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार