Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

ओलीले प्रचण्डलाई लात हाने : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले लात हानेको बताएका छन्।

आज काठमाडौँमा आयोजित निजामती कर्मचारी युनियन संघको विधान अधिवेशनको उद्घाटन गर्दै सभापति देउवाले प्रचण्डका कारण अहिलेको राजनीतिक अवस्था आइपरेको भन्दै प्रचण्ड आफ्नो खुट्टामा उभिन नसक्दा ओलीले लात हानेको बताएका हुन्।

गत ०७४ सालको आमनिर्वाचन लगत्तै प्रचण्डलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको स्मरण गर्दै सभापति देउवाले भने, 'प्रचण्डले वामएकता-एकता भन्दै ओलीलाई सत्ता सुम्पिए।

आफुले प्रचण्डलाई धेरै चोटी प्रधानमन्त्री बन्नुस भन्दा नमानेको सम्झिदै देउवाले भने, 'आफैले ओलीलाई सत्ता बुझाउने, खुट्टै नटेक्ने मान्छे अहिले ओलीले लात हानेपछि ठिक्क भाछ', देउवाले भने ।

कार्यक्रममा बोल्दै सभापति देउवाले भने 'मलाई आफू नै प्रधानमन्त्री हुनुपर्छ भन्ने छैन, म पार्टीले कांग्रेसको नेतृत्वमा सरकार बनाउने निर्णय लिएकोमा धन्यवाद दिन चाहान्छु,' उनले भने,'मैले आज नि बैठक बोलाएको छु, नयाँ सरकार बने ठिकै छ, बनेन भनेपनि चुनाव नै उपयुक्त विकल्प हो ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077